त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले नेपालमै पहिलो पटक सुरुङ मार्ग सम्बन्धी अध्यापन गराउने भएको छ । सरकारले सुरुङ मार्ग सहितका धेरै विकास आयोजना अघि सारिरहेका बेला संस्थानले अगामी सत्रबाट स्नातकोत्तर तहमा रक एण्ड टनेल इन्जिनियरिङ विषयको पठनपाठन गराउन लागेको हो ।
सुरुङ मार्ग निर्माणका योजना अघि सारिए पनि आवश्यक जनशक्ति स्वदेशमा उत्पादन हुँदैनन् । सरकारका योजना र जनशक्तिबीचको दूरी मध्यनजर गरी इन्जिनियरिङ अध्ययन संस्थानले रक एण्ड टनेल विषय पढाउने तयारी थालेको हो । सुरुङ मार्ग निर्माण गर्ने जनशक्तिको माग बढेकाले आगामी शैक्षिक सत्रबाट पुल्चोक क्याम्पसमा स्नातकोत्तर तहमा
यो विषय पढाउन लागिएको हो ।
काठमाडौं उपत्यकामा बढ्दो सवारी चापका कारण ट्राफिक जामको समस्या बढेपछि सरकार नागढुंगा-नौबिसेका अलावा कोटेश्वर, साँगा र टोखामा सुरुङ मार्ग निर्माण गर्ने योजनामा छ । काठमाडौंदेखि हेटौंडासम्म पनि सुरुङ मार्ग बनाउने योजना छ । सडक, रेलमार्ग, जलविद्युत, खानेपानी र सिँचाइँका अरू पनि आयोजनामा सुरुङ बनाउने योजना छन् । त्यही कारण संस्थानले विदेशी विश्वविद्यालयसँग सम्झौता गरी आवश्यक पूर्वाधार र पाठ्यक्रम बनाउँदै छ ।
वर्षमा ४० जनाभन्दा बढी सुरुङ इन्जिनियर उत्पादन गर्ने तयारी छ । त्रिविले जनशक्ति उत्पादनका लागि पढाइ सुरु गर्न लागेकाले सरकारले सुरुङ मार्ग निर्माणका योजनालाई अब कागजमै सीमित बनाउने भन्दा पनि धमाधम अगाडि बढाउनुपर्ने देखिन्छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
सुरुङमार्गका योजना आउन थालेपछि नेपालमै पहिलोपटक टनेल इन्जिनियरिङ अध्यापनको तयारी |Kantipur Samachar news headlines uk | |
| 115 Likes | 115 Dislikes |
| 4,066 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 9 Jul 2019 |
Không có nhận xét nào:
Đăng nhận xét