खर्च र राजस्वको विवरण लुकाउन महालेखा नियन्त्रकको कार्यालयलाइ दबाब दिएको अर्थ मन्त्रालयले असारे विकासको विवरण दिन संसदीय समितिलाइ समेत अटेर गरेको छ । त्यसैले अर्थ मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयका यी गतिविधिमाथि संसदको सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ ।
आर्थिक वर्षको अन्तिममा जथाभावीरुपमा निकासा दिने परिपाटी दोहोरिन नदिन संसदको सार्वजनिक लेखा समितिले अर्थ मन्त्रालयलाई पटक-पटक निर्देशन दियो । समितिले अर्थमन्त्री र सचिवलाई बोलाएर समेत सचेत गरायो । तर मन्त्रालयले समितिको निर्देशन मानेन । असारमा मात्रै विकास बजेट ६० अर्ब रूपैयाँ भुक्तानी दिइएको छ । असार लागेपछि भएको भुक्तानी र राजश्व संकलनको स्थिति बुझ्न समितिले अर्थ सचिव राजन खनाल र राजस्व सचिव लालशंकर घिमिरेलाई बोलाए पनि उनीहरू दुवैले अटेरी गरेका छन् । बरु मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई खर्च र राजस्व संकलनको विवरण नै लुकाउन लगाएपछि यस विषयमा संसदीय समितिले छानबिन गर्ने भएको छ । महालेखा नियन्त्रक कार्यालयको वेबसाइटमा बजेट खर्च र राजस्व संकलनको विवरण देखिन छाडेको चार दिन भइसकेको छ । कार्यालयले मन्त्रालयको दबाबमै विवरण नदेखिने बनाएको हो । तर बिहीबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटा यसबारे जवाफ दिनबाटै पन्छिए भने अर्थ मन्त्रालयका प्रवक्ताले पनि सही जवाफ दिएनन् । सरकारले संसदमा प्रस्तुत १३ खर्ब १५ अर्ब बजेटलाई मध्यावधि समीक्षामार्फत १ खर्ब १४ अर्ब घटाएको थियो । तर न घटाइएको लक्ष्यअनुसार बजेट खर्च हुन सक्यो, न त राजस्व संकलन नै । कतै अंकमा तलमाथि गर्न मन्त्रालयले विवरण लुकाउन लगाएको त होइन भन्ने प्रश्न पनि यतिखेर उठेको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
असारे खर्च ढाकछोप प्रकरणमा लेखा समितिले छानबिन गर्ने | Kantipur Samachar news headlines uk | |
| 35 Likes | 35 Dislikes |
| 815 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 18 Jul 2019 |
Không có nhận xét nào:
Đăng nhận xét