सरकारी अनुदान लिन मरिहत्ते गर्ने तर पाइसकेपछि सदुपयोग नगर्ने प्रवृति किसानहरुमा बढ्दै गएको छ । यतिसम्म कि धनकुटाका एक जना किसानले त स्वस्थ्य बाली र विरुवा उत्पादनका गर्न सरकारले बनाइदिएको पोली हाउसलाई घरकै रुपमा प्रयोग गरेका छन् ।
धनकुटाको सिंधुवामा रहेको प्रधानमन्त्री कृषि अधुनिकिकरण परियोजना तरकारी जोनका कर्मचारी र संचालक समितिका पदाधिकारीले केहि दिन अघि गरेको अनुगमनमा स्वस्थ्य विरुवा र बाली उत्पादनका लागि वितरित पोलीहाउस भित्रै ओछ्यान लगाएर घरकै रुपमा प्रयोग गरेको भेटियो । पोलीहाउस भित्रै ओछ्यान बनाउने छथरजोरपाटीको प्रगतिशिल कृषक समुहका अध्यक्ष ताराबहादुर राना हुन् । यो पोलीहाउस निर्माणका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना तरकारी जोन सिंधुवाले गत बर्ष आठ लाख रुपैयाा खर्चेको थियो । सरकारी स्वामित्वको उत्तरपानी प्राविधिक शिक्षालयमा जोनकै पााचलाख रुपैयाा अनुदानमा बनाइएको थोपा सिंचाइ सहितको ग्रीनहाउस भित्र झाडि हुर्किएको छ । चार देखि १० लाख रुपैयाासम्म खर्चेर बनाइएका थोपा सिंचाइयूक्त यस्ता पोली र गि्रन हाउसमा बाह्रै महिना फलफूल र तरकारी उत्पादन गर्न सकिन्छ । तर अनुदानमा प्राप्त धेरै किसानका प्लाष्टिक घर खालीनै छन् । ब्यबशायिक र प्रतिस्पर्धात्मक कृषि कर्मप्रति प्रेरित गर्न सरकारले विभिन्न परियोजना मार्फत किसानलाई औजार-उपकरण, उपयूक्त प्रविधि र नगद अनुदानको ब्यबस्था गरेको हो । सरकारी निकायले अनुदान दुरुपयोग भए-नभएको बिषयमा अनुगमनलाई प्रभावकारी बनाउनु जरुरी छ । अनुदानको दुरुपयोग गरि आफैलाइ ठग्नु भन्दा प्राप्त सहुलियत काममा लगाएर ब्यवशायिक बन्नु किसानकै हितमा हुनेछ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
कृषि अनुदानको चरम दुरुपयोग | Kantipur Samachar news headlines uk | |
| 29 Likes | 29 Dislikes |
| 995 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 18 Jul 2019 |
Không có nhận xét nào:
Đăng nhận xét