कोही नभएको मौका छोपेर अथवा ताला फुटाएरै चोरी भएका घटना त सामान्य भइसके । तर महानगरीय अपराध महाशाखामा गत वैशाखदेखि केही यस्ता घटना पुगे, जसमा न चोरले कसैको ताल्चा फुटाएको छ, न त कोही नभएको मौका नै छोपेको छ। तैपनि काठमाडौंभित्रकै आधा दर्जन पसलबाट सञ्चालककै आँखाअगाडिबाट पैसा गायब भयो । आखिर कसरी भयो त यस्तो अनौठोचोरी शृंखला ?
राजेन्द्र श्रेष्ठको लतिपुरमा रहेको पैसा सटही केन्द्रमा गत असार १८ गते पाकिस्तानी दम्पति पैसा साट्न पुगे । श्रेष्ठले उनीहरुले मागे जति डलर दिनका लागि निकालेको पैसा निकाले । केहीबेरमै ठाउँको ठाउँ ९ सय अमेरिकी डलर, ३ सय साउदी रियाल, १४ सय चिनियाँ मुद्रा गायब भयो । यसअघि वैशाख २९ गते भक्तपुरको आरके इलेक्ट्रिक पसलमा सामान किन्ने भन्दै त्यही पाकिस्तानी दम्पती पुगेको रहेछ । पसलको सामान हेर्दाहेर्दै एक जनाले आफसँग नेपाली नोट नभएको र नेपालको सबैभन्दा ठूलो नोट हेर्न चाहेको बताउँछन् । त्यो इच्छा पूरा गरिदिन पसलेले एक हजार नोटको एक लाख रूपियाँबराबरकै बिटो दिन्छन । केही समयमै पैसाको बिटो त फिर्ता आयो तर त्यसबाट ३० हजार गायब भैसकेको थियो । यस्तै प्रकृतिका चारवटा घटना काठमाडौंमा भए । ती घटना गराएको आरोपमा पास्कितानी दम्पति मोहसिन खान र उनकी श्रीमती पूजा मोसिन खा-न पक्राउ परेका छन् । प्रहरीका दाबीमा, पसलमा गएर पैसा हेर्ने वा साट्ने भन्दै माग्ने र बिटोबाट केही गायब बनाउने यिनीहरुको शैली हो । गत वैशाखमा भक्तपुरकै लोन्थलीमा र बुटवलमा पनि यही दम्पतिले पैसा गायब पारेको उजुरी प्रहरीमा पुगेको छ । एक महिनाअघि यस्तै घटनामा पक्राउ परेर दुवैजनाले ५० हजार धरौटी बुझाएर उम्किएको तर पनि आफ्नो धन्दा नछोडेपछि दोस्रोपटक पक्राउ परेको प्रहरीको भनाइ छ । गाडी नै भाडामा लिएर हिँड्ने यस्तो गिरोह नै सक्रिय भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
पाकिस्तानबाट चोरी गर्न काठमाण्डौमा, अनौठो चोरी शृंखला | Kantipur Samachar news headlines uk | |
| 92 Likes | 92 Dislikes |
| 8,129 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 12 Jul 2019 |
Không có nhận xét nào:
Đăng nhận xét