पोखरा महानगरपालिकाले फेवा र बेगनासतालमा वाटर स्पोर्टस सञ्चालन गर्न मनसाय पत्र मागेको छ । महानगरले मनसाय पत्र मागेपछि फेवाताल र बेगनास तालमा वाटर स्पोर्टस संचालन गर्न ११ वटा कम्पनीले चासो दिएर मनसाय पत्र बुझाएका छन । महानगरको प्रस्ताव अनुसार तालको केही निश्चित ठााउमा सञ्चालन गर्ने गरी निजी साझेदारीमा वाटर स्पोर्टसलाई अनुमति दिईने छ । तालमा विशेष गरी मोटरबोट, वाटर स्की, क्रुज, तालमाथि स्काई क्लाईडिङ, वाटर पोलो लगायत स्पोर्टस सञ्चालन गर्ने महानगरको योजना छ । मनसायपत्र बुझाएका ११ कम्पनी मध्ये महानगरले प्राविधिक क्षमता, आर्थिक र अनुभवलाई मुल्याङकनको आधार बनाई अर्को चरणका लागि छनोट गर्ने बताएको छ । छनोट भएका कम्पनीहरुले फेवा र बेगनास तालमा वाटर स्पोर्टसबारे विस्तृत खाका बुझाएपछि महानगरले कम्पनी छनोट गर्ने छ । वाटर स्पोर्टसले पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने पर्यटन व्यवसायीको दावी छ । कास्कीका ९ ताल मध्ये ४ वटामा वाटर स्पोर्टस गर्न मिल्ने जानकारहरु बताउाछन् । महानगरले पोखराका तालहरुका आधुनिक स्पोर्टस संचालन गरेमा लामो समयदेखि जारी डुङगा व्यवसायीको सिन्डिकेट तोडिने मात्रै हैन गण्डकी प्रदेश मै पर्यटकको अवागमन बढ्ने निश्चित छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
फेवा र बेगनास तालमा वाटर स्पोर्टस खुल्ने | Kantipur Samachar news headlines uk | |
| 40 Likes | 40 Dislikes |
| 2,263 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 12 Jul 2019 |
Không có nhận xét nào:
Đăng nhận xét