नेपालमा वनले ढाकेको क्षेत्र बढेर ४५ प्रतिशत पुगेको सरकारी तथ्यांक छ । वन क्षेत्र धेरै भएकाले काठ विदेशमा निर्यात गर्नुपर्ने हो । तर प्राकृतिक स्रोतको उपयोगबारे ठोस नीतिको अभावमा वार्षिक ६ अर्ब रुपैयाँभन्दा बढीको काठ विदेशबाट ल्याएर काम चलाउनु परिरहेको छ ।
भनाइ नै छ, हरियो वन नेपालको धन । हुन पनि नेपालको कुल क्षेत्रफलको ४५ प्रतिशत भाग वनले ढाकेको छ । तराई र पहाड दुवैतिरका वनमा काठजन्य पर्याप्त रुख छन् । तर त्यो वनबाट धन आर्जनतिर भने सरकारले ध्यान दिएको देखिंदैन । वन पनि जोगिने र त्यसबाट आर्थिक लाभ पनि लिन सकिने नीति नरहेकाले घरका झ्याल ढोका बनाउनका लागि समेत विदेशका काठमा भर पर्नुपर्ने बाध्यता छ ।
गएको एक वर्षमा भारत, चीन, मलेसिया, इण्डोनेसिया लगायत मुलुकबाट ६ अर्ब ४ करोड रुपैयाँको काठ आयात भएको भन्सार विभागको तथ्यांक छ । काठलाई धन आर्जनको रुपमा प्रयोग नगरेकाले हाम्रा वनजंगलका उपयोगी खालका रुख पनि सुकेर वा कुहिएर खेर गइरहेका छन् । वनबाट सरकार र अामनागरिकले लाभ लिन नसकिरहेका बेला सीमित व्यापारी र वन कर्मचारी भने मालामाल भइरहेका छन् । रुख कटानमा झन्झटिलो सरकारी प्रक्रिया हुनु यसको प्रमुख कारण हो ।
वन संरक्षण गर्नुपर्छ र हरियाली बढाउनुपर्छ भन्नेमा दुइ मत नहोला । तर संरक्षणका नाममा वनमा आधारित उद्योग र अर्थतन्त्रलाइ नै निरूत्साहित गर्नु उचित होइन । त्यसैले एक रुख काटेवापत १० वटा विरुवा रोप्नुपर्ने नीति अवलम्बन गरेर भए पनि वन क्षेत्र पनि बढाउने र राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुग्ने नीति अवलम्बन गर्नुपर्छ । अन्यथा अझै ठूलो रकम विदेशिँदै जानेछ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
वन क्षेत्र बढे पनि अति आवश्यक काठमा समेत विदेशीको भर | Kantipur Samachar news headlines uk | |
| 41 Likes | 41 Dislikes |
| 1,828 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 9 Jul 2019 |
Không có nhận xét nào:
Đăng nhận xét