त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा तीन वर्षभित्र सम्पन्न हुने गरी सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल बनाउन थालेको नौ वर्ष भयो । तर अझै पनि निर्माण कहिले सकिन्छ भन्ने टुंगो छैन । सम्झौता अनुसार काम नगर्ने र निर्माण नै अलपत्र पार्ने ठेकेदारमाथि भने कुनै कारबाही भएको छैन ।
सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाएका तत्कालीन माओवादी नेता सुरेश वाग्लेको स्मृतिमा त्रिभुवन विश्वविद्यालयले २०६८ मा क्यान्सर अस्पतालको निर्माण थालेको थियो । ५५ करोड ५४ लाख रुपैयाँ लागतको अस्पताल ठेक्का सम्झौता अनुसार २०७१ मंसिरमा सम्पन्न भइसक्नुपर्थ्यो । तर त्यसयता तीन पटक म्याद थपिँदा पनि ठेकेदार गौरा एटलास जेभीले निर्माण कहिले सक्छ भन्ने टुंगो छैन । निर्माण अलपत्र रहेको अस्पतालको लागत भने बढेर ६१ करोड रुपैयाँ पुगिसकेको छ । भवन विभागको डिजाइनमा ढल निकास, शौचालय र खानेपानी ट्यांकीको व्यवस्था नगरिँदा यो भवन बनिहाले पनि अस्पताल कसरी सञ्चालन गर्न सकिन्छ भन्ने अर्को प्रश्न छ । भवन विभागले गरेको अस्पतालको डिजाइनमा सात तले भवन निर्माणको सबै काम सकेर हस्तान्तरण गर्न विश्वविद्यालयले अन्तिम पटक भनेर २०७३ मा म्याद थप गरेको थियो । काम सम्पन्न नगरेवापत विश्वविद्यालयले ठेकेदारमाथि कारबाही गरेको छैन ।
यो विषय अहिले संसदीय समितिमा पुगेको छ । भवन निर्माणको काम रोकिएको विषयलाई विश्वविद्यालय र सरकारले गम्भीरतापूर्वक लिइ ठेकेदारलाई जवाफदेही बनाउनुपर्छ । साथै ढल निकास, शौचालय र खानेपानीजस्ता आधारभूत पूर्वाधार नै बिर्सेर डिजाइन बनाउने इन्जिनियरमाथि समेत अनुसन्धान हुनु आवश्यक छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
तीन वर्षभित्र सक्ने गरी निर्माण थालिएको क्यान्सर अस्पताल नौ वर्षमा पनि बनेन | Kantipur Samachar news headlines uk | |
| 8 Likes | 8 Dislikes |
| 647 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 6 Jul 2019 |
Không có nhận xét nào:
Đăng nhận xét