अन्तर्राष्ट्रिय गैरसरकारी संस्था- आइएनजीओहरूले राज्य प्रणालीलाइ नै छलेर ठूलो रकम नेपाल भित्र्याइरहेको भेटिएको छ । नेपालमा काम गर्ने अनुमति पाएका विभिन्न आइएनजीओले पछिल्लो तीन वर्षमा समाज कल्याण परिषद्सँग सम्झौता गरेभन्दा ९५ अर्ब रुपैयाँ र अर्थ मन्त्रालयको अभिलेखभन्दा १ खर्बभन्दा बढी रकम भित्र्याएका हुन् । विदेशी सहायताका नाममा सरकारी संयन्त्रलाई जानकारी नै नगराई मोटो रकम नेपाल भित्र्याउँदा पनि कसैले छानविन गरेका छैनन् ।
कुनै पनि विदेशी सामाजिक संस्थाले सहायता परिचालन गर्न समाज कल्याण परिषदको स्वीकृति अनिवार्य लिनुपर्छ । र, स्वीकृत गरेभन्दा बढी रकम विदेशबाट ल्याउनै पाइँदैन । त्यति मात्र होइन आइएनजीओले भित्र्याएर गरेको खर्चको लगत अर्थ मन्त्रालयमा पनि दिनुर्छ । तर पछिल्लो तीन वर्षमा परिषद्सँग ५८ अर्ब ५८ करोड रुपैयाँका परियोजना स्वीकृत गराएका संस्थाले अर्थ मन्त्रालयमा जम्मा ५१ अर्ब ८७ करोड मात्रै देखाएका छन् । यसमध्ये पनि तीन वर्षमा साढे सात अर्ब रुपैयाँको हिसाबै गायब पारेका छन् । अझ अाश्चर्य त के छ भने २८ वटा वाणिज्य बैंकमा रहेका आइएनजीओहरूका खाता परीक्षण गर्दा यही अवधिमा १ खर्ब ५३ अर्ब ७२ करोड रुपैयाँ नेपाल भित्र्याएको देखिन्छ । तर यो रकम अर्थ मन्त्रालयमा जानकारी गराएभन्दा १ खर्ब १ अर्बले बढी हो भने परिषद्को सम्झौताभन्दा ९५ अर्ब १३ करोडले बढी छ ।
विदेशी संघसंस्थाले यति ठूलो रकम विदेशबाट भित्र्याउँदा पनि अनुगमन तथा अभिलेख राख्ने निकाय भने मुकदर्शक छन् । राज्यलाई थाहै नदिई अस्वाभाविक रकम भित्र्याउनेमाथि छानविन हुनुपर्ने र एकद्वार प्रणालीबाट विदेशी सहायता भित्र्याउनुपर्ने सामाजिक अभियन्ता बताउँछन् ।
हाल देशभर १ लाख गैरसरकारी संस्था दर्ता छन् । तर एनजीओ आइएनजीओलाई अनुगमन गर्ने संयन्त्र कमजोर भएकै कारण विदेशी सहायता रकम पारदर्शी हुन सकेको छैन । त्यस्ता समाजिक संस्थाको आम्दानी र खर्च पारदर्शी बनाउनुका साथै विदेशी रकम एकद्वार प्राणालीबाट भित्र्याउने व्यवस्था नगरिएसम्म गैरसकारी क्षेत्रको वित्तीय अनुशासनहीनता अझै चुलिनेछ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले भित्र्याए १ खर्बभन्दा बढी विदेशी सहायता | Kantipur Samachar news headlines uk | |
| 26 Likes | 26 Dislikes |
| 1,637 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 9 Jul 2019 |
Không có nhận xét nào:
Đăng nhận xét