मुलुकका सर्वोच्च प्रशासक मुख्यसचिव, ५ सचिव, ११ सहसचिव र त्यति नै महाशाखा अनि ३१ शाखा । अर्थात् सबैभन्दा ठूलो सांगठनिक संरचना । त्यसमाथि कतिपय अन्य निकायको अधिकार समेत केन्द्रीकृत गरेका र दुइ तिहाइ बहुमत पाएका शक्तिशाली प्रधानमन्त्री र उनका सल्लाहकार रहने ठाउँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय कसरी चलिरहेको होला ?
प्रधानमन्त्री कार्यालय छिरेपछि त्यहाँ धेरै शाखा र महाशाखाका कर्मचारी फुर्सदिला देखिन्छन् । कसैलाइ कुनै हतार छैन । कामको चाप पनि छैन । खासै धेरै अह्रन खटन पनि छैन । जस्तो कि केपी शर्मा ओलीले पदभार ग्रहण गरेलगत्तै मन्त्रालयको कार्य क्षमता र प्रभावकारिता बढाउन भन्दै समीक्षा र मूल्यांकन गर्न बनाइएको महाशाखा नै हेरौ । सबै मन्त्रालयको कार्यसम्पादन अभिलेख राख्ने जिम्मा पाएको नतिजा व्यवस्थापन महाशाखालाइ अार्थिक वर्षको अन्त्यमा पनि कुनै हतारो छैन । किनभने प्रधानमन्त्रीले घोषणा गरेजस्तो कार्यमूल्यांकन नै हुन छाडिसक्यो । अहिलेसम्म जम्मा एकपटक प्रधानमन्त्रीको उपस्थितिमा मूल्यांकन भएको छ भने झण्डै ६ महिनादेखि मन्त्रालयले प्रगति बुझाएका छैनन् । त्यस्तै सबै मन्त्रालयका काम कारबाहीमा समन्वय गर्ने र तिनको अनुगमन गर्ने शाखासमेत अहिले निक्रियजस्तै छ । मन्त्रालयका काम एकपछि अर्को गर्दै विवादमा परेका छन् र एकले अर्कोमाथि दोषारोपण गरिरहेका छन् । तर यस शाखाको भूमिका कतै देखिँदैन । प्रधानमन्त्री कार्यालयका सुशासन प्रवर्द्धन तथा भ्रष्टचार निगरानी शाखा, शासकीय सुधार महाशाखा र सूचना समन्वय शाखा पनि कामविहीन अवस्थामा छन् । जनताको गुनासो तत्काल सम्बोधन गर्न भन्दै तत्कालीन मुख्यसचिव मुख्यसचिव लीलामणि पाैड्यालको पहलमा ७ वर्षअघि सञ्चालनमा ल्याइएको हेलो सरकार पनि शिथिल छ । केही कर्मचारी अन्यत्र समायोजन भएपछि करार कर्मचारीका भरमा छ । यद्यपि प्रधानमन्त्री कार्यालयका पदाधिकारी निष्क्रिय नरहेको दावी गर्छन् ।
प्रधानमन्त्री कार्यालय अन्तर्गतका सामाजिक विकास तथा रूपान्तरण, प्रादेशिक समन्वय तथा योजना, लगानी, उत्पादन तथा प्रवर्धन, पूर्वाधार र मानव अधिकार महाशाखाको हालत पनि उस्तै छ । देशैभरका लागि आफै नमूना बनेर देखाउनुपर्ने प्रधानमन्त्री कार्यालय शिथिल भएपछि अरू निकायले यसबाट के सिक्ने ?
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/user/TheEkant...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtel...
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय कसरी चलिरहेको होला ? Kantipur Samachar news headlines uk | |
| 11 Likes | 11 Dislikes |
| 589 views views | 1.32M followers |
| News & Politics | Upload TimePublished on 8 Jul 2019 |
Không có nhận xét nào:
Đăng nhận xét